२४ चैत्र, सुनसरी। सुनसरीको कोशी गाउँपालिका -८ मा विहीबार सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा चालक सहित ६ जना यात्री घाइते भएका छन्। विहान ६ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला विकास समितिको ढाँट नजिकै रोकिराखेको ना २ ख ९०८४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ६ ख १९७८ नम्बरको बस ठोक्किएको थियो।
सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा ६ घाइते
दुर्घटनाम बसका चालक सुनसरी ईटहरी-२ बस्ने बर्ष ३८ बर्षिय नवराज निरौला, जिल्ला पर्वत रम्जा देउराली-६ बस्ने ४८ बर्षिय तारा बहादुर क्षेत्री, मोरङ उर्लाबारी -४ बस्ने सुरेन्द्र थापा, जिल्ला संखुवासभा मकालु-४ बस्ने २३ बर्षिय युटिङ शेर्पा, उदयपुर रामपुर ठोक्सीला-२ बस्ने २२ बर्षिय पुरुषोत्तम कार्की र तत्काल नाम थर वतन खुल्न नसकेका अन्दाजी २२ बर्षिय एक पुरुष घाइते भएका छन्। घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।








