एजेन्सी / भारतकी यी किशोरीलाई एउटा सर्पले ३४ औं पटक टोकेपछि उनी अस्पताल पुगेकी छिन् । यतिधेरै पटक टोकेपनि यी किशोरीको शरिरमा विषको कुनै असर देखिएको छैन । जसका कारण डाक्टरहरु चकित परेका छन् । अमर उजालाका अनुसार तीन वर्षदेखि एउटा सर्प यी किशोरीलाई लगातार पछ्याइरहेको छ । कहिले घर, कहिले स्कूल, उनी जता गएपनि सर्प आएर डस्ने गर्दछ ।
सिरमौर जिल्लाको पोटा मानल पंचायतको मानल गाउँकी मनिषासँग निकै वर्षदेखि यस्तो भइरहेको छ । अचम्मको कुरा त के छ भने चमत्कारिक ढङ्गले हरेक पटक विष निस्कन्छ । उनलाई तीन/चार पटक मात्रै अस्पताल पुर्याइयो । ज्योतिषहरुले यसबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । विभिन्न अनलार्इन बाट ।








