एजेन्सी/ प्राय: महिलाहरू कपाल निकै छोटो बनाउनुभन्दा केही लामै पाल्न रुचाउँछन् । यदि तपाईं पनि महिला हुनुहुन्छ भने कपाल कति लामो पाल्नुभएको छ ? सायद, तपाईंको कपाल यति लामो छैन, जुन कपालबारे खबर पढेर तपाईं अचम्मित हुनुहुनेछ । चीनको गुआंग्झी प्रान्तको हुआन्गुलो गाउँका लगभग ८० महिलाको कपाल एक दशमलव चार मिटरदेखि दुई दशमलव दुई मिटर लामो छ । यहाँका महिलाको कपालकै कारण यस गाउँको चर्चा दुनियाँभर पुगेको छ । यिनै महिलाको लामो कपाल हेर्नकै लागि हरेक वर्ष करिब ८० हजार पर्यटक हुआन्गुलो पुग्ने गर्छन् । लामो कपाल भएका यी महिला धेरैजसो रातो कपडामा देखिने भएकाले यिनीहरूलाई ‘रेड याओ’समेत भन्ने गरिन्छ । उनीहरू आफ्नो लामो कपालप्रति गर्व गर्छन् । लामो कपालकै कारण यो गाउँले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाइसकेको छ । हुआन्गुलो प्रकृतिले समेत उत्तिकै हराभरा छ । सन् १९८७ भन्दा पहिले यहाँका महिलाको लामो कपाल उनका श्रीमान् र बच्चाबाहेक अरू कसैले देख्न पाउँदैनथे । उनीहरू नुहाउन नदीमा जाँदासमेत नीलो पछ्यौराले कपाल छोप्ने गर्थे । तर, पछि यो पुरानो परम्परा तोडियो । उनीहरू आफ्नो लामो कपाल देखाएर निष्फिक्री बाहिर हिँड्न थाले ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड–२०२४’ को उपाधि
एजेन्सी । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको ...
यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…
एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फे...
नवजात शिशुलाई १५ तला माथिबाट फ्याँक्ने दम्पतीलाई मृत्युदण्ड दिइयो
एजेन्सी । चीनको चोङकिङस्थित एउटा अपार्टमेन्टको १५ औं तलाबाट दुई नवजात शिशुलाई फ्याँकेको अभियोगमा दम्पतीलाई मृत्युदण्डको ...
अमेरिकाको अलाबामामा दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी
एजेन्सी । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले...
समलिङ्गी जोडीले स्पेनिसमा जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
एजेन्सी। स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म ...
यी हुन् संसारकै सबैभन्दा बढी जमिन भएका व्यक्ति, कति छ घर-जग्गा ?
एजेन्सी । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा ठूलो जग्गाधनी को हो ? तिनीहरूसँग संसारभरि असंख्य जमिन, खेतहरू, जंगलहरू, आव...









