मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। विभिन्न भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। साँझतिर स्वास्थ्य र काममा बाधा आउन सक्छ, सजग रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसरका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूले हार खानेछन्। तर परिस्थितिसँग सम्झौता गर्नुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछन् र सामान्य फाइदा उठाउन सकिनेछ। कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट सजग रहनुपर्ला। साँझदेखि आत्मसम्मानमा बाधा पुग्न सक्छ, विवादबाट जोगिनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्याहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। योजना सुरु गर्न केही समय लाग्न सक्छ। तापनि सन्तानको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझदेखि प्रतिस्पर्धी बढ्नेछन्, होसियारी अपनाउनुपर्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। बुद्धिको उपयोग गर्दा लक्ष्य प्राप्त हुन सक्छ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। साँझदेखि सुखद समाचारले हौसला प्रदान गर्नेछ। प्रयत्न गरेका काम पनि सजिलै सम्पादन हुनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। प्रयत्न गर्दा पुरानो समस्या सुल्झाउन सकिनेछ। दाम्पत्यमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, आजको मिहिनेतले पछिलाई फाइदा हुनेछ। आफ्ना कामबाट धेरैलाई लाभ हुन सक्छ। केही घरेलु समस्या भने देखा पर्न सक्छन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले प्रतिफल दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। धैर्यसाथ गरिएको व्यवहारले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। तर बोलीको गलत अर्थ लाग्नाले समस्या उत्पन्न हुन सक्छ। सानो त्रुटिले पनि साँझतिर काम दोहोर्याउनुपर्ने स्थिति निम्त्याउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
गोप्य सूचना बाहिरिने सम्भावना देखिएकाले सजग रहनुहोला। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साँझतिर मनग्गे धनलाभ हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही खर्च लागे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन्। ऋणभार बढे पनि व्यवसायमा लगानी बढाउन सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। वैदेशिक रोजगारीमा फाइदा होला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्न सक्छ। अरूका लागि पनि खर्चनुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि, मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। काम पूरा नभए पनि साँझतिर लाभांश हातलागी हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। तर साँझदेखि आफ्नो मिहिनेतमाथि अरूले दाबी गर्न सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। दिगो लाभ हुने काम प्रारम्भ गर्ने समय छ।-नेपालि पात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia