असार ४ इनरुवा /स्थानीय तह अन्र्तगत दोस्रो चरणको निर्वाचनको मनोनयन पत्र दर्ता सुनसरीमा शान्तिपूर्ण तवरमा सुरुवात भएको छ ।
निर्धारित तालिका अनुरुप विहान ८ बजे देखि नै मनोनयन पत्र दर्ता गर्ने क्रम सुरु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार सुनसरीका १२ वटै स्थानीय तहमा निर्वाध रुपमा मनोनयन दर्ता सुरु भएको हो ।
सुनसरीमा मनोनयन दर्ताका लागि प्रमुख राजनैतिक दलहरुले समय माग गरी सोही अनुरुपको तयारी थालेका छन् ।स्वतन्त्र रुपमा उमेद्वारी दिनेहरुले भने विहानैबाटै उमेद्वारी दर्ता गर्न थालि सकेका छन । राप्रपाले समेत इनरुवामा मनोनयन दर्ता गराइसकेको छ ।

इनरुवा नगरपालिकामा राप्रपाले ९ बजे देखि १० बजे , माओवादी केन्द्रले १ बजे देखि २ बजे , एमालेले २ बजे देखि ३ बजे सम्म र नेपाली काँग्रेसले ३ बजे देखि ४ बजे सम्मको समय मनोनयन पत्र दर्ताको लागि लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राजपाले मनोनय दर्तामा अवरोध पुर्याउने गरी आम हड्तालको आव्हान गरेपनि सुनसरीमा त्यसको कुनै प्रभाव परेको छैन् ।निर्वाचन विरोध गतिविधि गर्दै आएको राजपा नेपालका जिल्ला स्तरका १२ नेता कार्यकता पक्राउ परेका कारण सुनसरीमा राजपाको गतिविधि शुन्य देखिएको छ । यद्यपी मनोनयन दर्तालाई मध्यनजर गर्दै सबै तहको सुरक्षा व्यवस्ता चुस्त पारिएको सुनसरी प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia