इनरुवा असार ४/सुनसरीको इनरुवाबाट तीन दिन अघि पक्राउ परेका राजपाका नेता तथा कार्यकर्ता उपर सार्वजनिक मुद्धा चलाइएको छ ।
चुनाव विरोधी गतिविधीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजपा सुनसरीका संयोजक डा. सीएन पाठक सहित आन्दोलन परिचालन समितीका सुनसरी संयोजक रघुनाथ मेहता लगायत ८ जना उपर सार्वजनिक मुद्धा चलाइएको हो ।

उनिहरुसबैलाई सार्वजनिक मुद्धामा १५ दिन म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।सार्वजनिक मुद्धा चलाइएकाहरुमा दिलिप साह, सुरैत यादव, देवनारायाण मेहता, देवराम मधेशी , सन्तोष मेहता, सुब्बालाल मेहता र रामनारायण मेहता रहेका छन् । पक्राउ परेका अब्दुल हकिम मियाँ, रामचन्द्र साह र राजकुमार यादवलाई भने प्रहरीले छाडेको छ । उनिहरुको संलग्नता नेदेखिएकाले छाडिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia