जोहान्सबर्ग। बलात्कारीलाई जेलमै युवती बोलाएर रमाइलो गर्न दिएपछि दक्षिण अफ्रिकाको सन सिटी जेल विवादमा परेको छ । यहाँका कैदीहरुको लागि अफिसियल मनोरञ्जन इभेन्टको आयोजना गरी डान्सरहरु बोलाइएको थियो । इभेन्टमा कैदहिरुले आफूलाई मनपर्ने डान्सरसँग रमाइलो गरे ।
ती कैदीहरुमध्ये कैयौं बलात्कारको आरोपमा सजाय काटिरहेका छन् । यो कार्यको सामाजिक संजालमा तीब्र विरोध भएको छ । यो कार्यक्रमको पहिलो फोटो डरबनको फेसबुक पेजमा पोष्ट गरिएको थियो ।









