इनरुवा असार २६/सुनसरीको हरिनगरा गाउँपालिकामा नागरिक सभाको आयोजना गरिएको छ । नवनिर्वाचित जनप्रतिनीधिहरुको सम्मान र सामूहिक प्रतिवद्धतालागि नागरिक सभाको आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जनमतको कदम गर्दै विकास केन्द्रित योजनाहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

जनप्रतिनीधि विहिन अवस्थामा लथालिङ्ग बनेको विकास, निर्माणलाई जनमैत्री बनाउँदै स्थानीयतहमा मौलाएको भ्रष्टाचारको अनत्य गर्नु आफ्नो प्रमुख दायित्व रहने अन्सारीको भनाई थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अन्सारी सहित उपाध्यक्ष रिमझिमकुमारी भगत सहितका नव निर्वाचित जनप्रतिनीधिहरुलाई सर्वसाधारणका तर्फबाट सम्मान गरिएको थियो ।








