इनरुवा असार २७/यौन तथा प्रजनन् स्वास्थ्य, लैङ्गिक समानता र जनसंख्याको गतिशिलता जस्ता मुद्धामा केन्द्रित रही कार्यक्रम संचालन गर्दै आएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) सुनसरीमा अझै ५ वर्ष रहने भएको छ ।सन् २०१३ देखि सुनसरीमा संचालनमा रहेको यूएनएफपीएका कार्यक्रमहरु २०१७ को अन्त्यसँगै सकिने भएपनि थप ५ वर्षे कार्यावधी थप भएको सुनसरी संयोजक काशी पोखरेलले जानकारी दिए ।


जिल्लामा सञ्चालन रहेका कार्यक्रमहरुको प्रभावकारिता र निरन्तरतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले सुनसरीलाई प्राथमिकतामा राखेको पोखरेलले जनाए ।यसैवीच यूएनएफपीए वार्षिक समिक्षा गोष्ठीको आयोजना गरी गएको ५ वर्षमा जिल्लामा भएका कार्यक्रमबारे जानकारी गराएको छ ।कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लामा संचालन भएका कार्यक्रमहरुमा परिवार नियोजन प्रयोगकर्ताको वृद्धि हुँदै जानु, बालबिवाहमा कमी आउनु, प्रजनन स्वास्थ्य बारे किशोरकिशोरीमा सचेतना अभिवृद्धि गराउनु, युवा सहभागिता बढाउनु र लैङ्गिक हिंसाका घटनामा कमी आउनुलाई प्रमुख उपलब्धी मानिएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ लगायत सरोकारवाला तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia