इनरुवा साउन ५/ड्युटी समयमा झगडा र कुटपिटमा संलग्न भएको पाइएपछि जिल्ला अस्पताल इनरुवाका एक चिकित्सक सहित इमरजेन्सी इन्चार्ज कार्वाहीमा परेका छन् । विरामी उपचारको विषयलाई लिएर डाक्टर तुषार झाले इमरजेन्सी इन्चार्ज अहेव रामकुमार रौनियारलाई कुटेका थिए ।
सर्पले डसेर उपचारकालागि लागि ल्याइएकी राजगंज सिुनवारीकी ८ वर्षिया काजल कुमारी मेहताको उपचारका क्रममा आवश्य सामाग्री जुटाउन नसकेको भन्दै आक्रोसित डाक्टरले अहेब माथि हातपात गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको पारम्भिक अध्यनका क्रममा दुवैको लापरवाही देखिएकाले सचेत गराउँदै एक साताका लागि निलम्बन गरिएको इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवालले जानकारी दिनुभयो ।
बालिकाको अवस्था गम्भिर बनेपछि थप उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । विपीले बालिकाको मृत्यु भैसकेको भन्दै फर्काएको थियो ।









