इनरुवा साउन ६ /एमनेष्टी इन्टरनेशनल नेपालले आप्रवासी श्रमिकको अधिकार सुनिश्चितताकालागि चालेको दबाब मूलक जनचेतना अभियानको टोली सुनसरी आइपुगेको छ । झापाबाट सुरु भएको क्याराभान २०७४ टोलीले आज इनरुवामा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
टोलीले नवनिर्वाचित जनप्रतिनीधि लगायतको उपस्थितीमा आप्रवासी श्रमिकका हक अधिकार र शोषण,ठगी तथा ज्याजतीका बारेमा अवगत गराएको थियो ।नव निर्वाचित जनप्रतिनीधि मार्फत स्थानीय तहमा सचेतना अभिवृद्धिका कार्यक्रम लैजाने उद्येश्यसाथ मेचिमहाकाली अभियान थालिएको इन्टरनेशनल नेपालका केन्द्रिक अध्यक्ष राजन कुइकेलले जानकारी दिनुभयो ।









