इनरुवा साउन ६ /असार १४ गते सम्पन्न दोस्रो चरण निर्वाचनबारे सुनसरीमा समिक्षा गरिएको छ ।यूएनडिपी सुनसरीले सरोकारवालाहरुको उपस्थितीमा चुनावी समिक्षा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा यूएनडिपीका स्रोत व्यक्ति धमेन्द्र झाले सुनसरीमा विगत र वर्तमानमा सम्पन्न चुनावी गतिविधीबारे जानकारी गराउनुभएको थियो । झाले अघिल्ला वर्षहरुको तुलनामा सुनसरीमा यस पटकको चुनाव शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको भन्दै सरोकारवालाहरुलाई बधाई समेत दिनुभएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जिल्लामा सबै सरकारी संयन्त्र सहित सरोकारवालाहरुको साथ र समन्वयले चुनावी परिणाम शान्तिपूर्ण बनेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia