
इनरुवा साउन ७/मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी भोक्राहाले नवनिर्वाचित जन प्रतिनीधिहरुलाई स्वागत गरेको छ ।
कार्यक्रममा भोक्राहा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनमकुमारी यादव सहितका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।सोसाइटीका अध्यक्ष फिरोज आलम सहित मौलाना मोबशिर आलम नदवी, महासचिव खुर्शिद आलम, मोहमद अज्मल अन्सारी लगायतकाले सम्मान सहित जनप्रतिनीधिहरुको सफल कार्यकालकालागि शुभकामना दिएका थिए ।
मुस्लिम वक्ताहरुले भेदभाव र भष्ट्राचारमुक्त समुन्नत गाउँपालिका निर्माणको पहलमा आफु र आफ्नो समूदायको साथ र सहयोग स्थानीय जनप्रतीनिधीका पक्षमा रहने बताएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले जनताको अभिमतको कदर गर्दै समुन्नत नमूना गाउँपालिका निर्माणमा आफ्नो ध्यान केन्द्रित रहने बताए ।कार्यक्रममा संस्थाका सचिव मो. निजामुद्दीन अंसारीले संस्थाले गर्दै आएका कामकाजका बारेमा जानकारी गराएका थिए ।मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपाल लोककल्याणकारी संस्थाका कार्यरत छ । मिल्लतले अनाथ असहाय बालबालिकाको पालनपोशण सहितको शिक्षा तथा आवश्यक्ता अनुरुप देशैभरी आर्थिक तथा अन्य विविध सहयोग उपलब्ध गराउँदै आएको छ ।











