११ इनरुवा /सुनसरीको कोशी गाउँपालिमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमती हत्या पछि भाण्टावारी प्रहरी चौकी पुगेर आफुले श्रीमती मारेको भन्दै ३० वर्षिय राम कुमार यादवले आत्मसर्मपण गरेका छन् ।

घटनाबारे थाहा पाएपछि पुगेको प्रहरीले पश्चिम कुशाहा माइति भएकी २७ वर्षिया संगिता यादवको शव कोशीगाउँपालिका १ राजपोखरी भन्ने स्थानमा फेला परेको जनाएको छ । प्रहरी समक्ष आत्मसर्मपण गरेका यादवले ससुराली पक्षको तनावका कारण आफुले श्रीमतीको हत्या गरेको बयान दिएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी असार ९ गते धरान १७ मा भएको कुटपिटको घटनामा घाइते पासाङलामु शेर्पाको आज विहान मृत्यु भएको छ । जग्गा विवादमा छिमेकी आइतमाया लिम्बु र उनका छोरा अमित लिम्बुले पासाङलामुलाई कुटपिट गरेका थिए । उपचारका क्रममा उनको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia