इनरुवा साउन ११/भन्सार छलि घरमा लुकाई राखिएको २० लाख बजार मूल्य बराबरको कपडा सुनसरी प्रहरीले बरामद गरेको छ ।
अञ्चल प्रहरी कार्यालय कोशी र सुनसरी प्रहरीको संयुक्त टोलीले बर्जु गाउँपालिका १ बस्ने लक्ष्मी कामतको घरबाट सो मूल्य बराबरको कपडाहरु बरामद गरेको हो ।

प्रहरीले कपडा सँगै ४८ वर्षिय लक्ष्मि कामत, २६ वर्षिय अनिल गच्छदार र वर्ष २९ का हरिनारायण रायलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी बरामद गरिएका को ५ प ६५४०, बा ९ प ७२०४ र को ४ प ३२८४ नम्वरको मोटरसाइकल समेत सार्वजनिक गरेको छ ।










