थाइल्याण्ड । बौद्ध भिक्षुको एउटा भिडियो सन् २०१३ मा युट्युबमा पोष्ट गरिएपछि भाइरल बन्यो ।बौद्ध भिक्षु बन्नुभन्दा पहिले यी व्यक्तिको नाम विरापोल सुकफोल थियो । अब उनलाई यसै नामले चिनिन्छ । थाइल्याण्डको डिपार्टमेन्ट अफ स्पेशल इन्भेस्टिगेशन (डीएसआई)ले बौद्ध भिक्षुको यो विलासितापूर्ण जीवनशैलीको पर्दाफास गरेको छ ।

यी बौद्ध भिक्षुको १० बैंक खातामा कम्तीमा ६ मिलियन डलर पाइएको छ । उनीसँग २८ मर्सिडिज बेन्ज कार छन् । विरापोलले दक्षिणी क्यालिफोर्नियामा एक बंगला पनि बनाएका छन् ।

यसका साथै थाइल्याण्डको उबोन रत्चाथानी शहरमा अर्को एक भव्य बंगला छ । उनले बैंककको रोयल प्यालेसमा बुद्धको एक विशाल मूर्ती पनि बनाएका छन् । यसमा ९ टन सुन सुन लगाइएको उनले दाबी गरेपनि पछि यो दाबी झुटो साबित भएको थियो ।

डीएसआईका अनुसार विरापोलले थुप्रै महिलासँग यौन सम्बन्ध स्थापित गरेको प्रमाण पनि छ । एक महिलाले विरापोलबाट उनको एक सन्तान भएको दाबी गरेकी छिन् । महिलाका अनुसार जब उनी १५ वर्षकी थिइन् तब विरापोलकी बच्चाको आमा बनेकी थिइन् । डीएसआईका अनुसार डीएनए विश्लेषण यो दाबीको पक्षमा छ ।

विरापोल अमेरिका फरार भएका थिए । थाइल्याण्डका अधिकारीलाई उनलाई फिर्ता ल्याउनमा चार वर्ष लाग्यो । विरापोलले उनीमाथि लागेको आपराधिक मुद्दा, बलात्कारजस्ता आरोप अस्विकार गरेका छन् ।

आखिर एक बौद्ध भिक्षु २० वर्षको उमेरमा यति शक्तिशाली कसरी भए ? आखिर उनलाई बौद्ध नियम र अनुशासनको उल्लंघन गर्ने अनुमति कसरी पाए ? यहाँसम्म की बौद्ध भिक्षुका लागि पैसा छुनुसम्म पनि पाप हो भने यौन सम्बन्ध स्थापित गर्न कडा प्रतिबन्ध छ ।

थाइल्याण्डमा बौद्ध भिक्षुको पतनको कहानी कुनै नौलो भने होइन । आधुनिक जीवनको लोभमा बौद्ध भिक्षुले अनुचित धन–बल हाँसिल गरेको थुप्रै उदाहरण छन् । यी बौद्ध भिक्षु लागुऔषध सेवन गर्दछन्, नाच्छन् र महिला, पुरुष, युवतीसँग यौन सम्बन्ध स्थापित गर्दछन् ।

सन् २००० को दशकको सुरुवातमा विरापोल हाशिएको पूर्वी प्रान्त सिसाकोटबाट आएका थिए । उनले एक मठको स्थापनाका लागि गाउँको जमिन दान दिएका थिए । सब–डिस्ट्रिक्ट प्रमुख इट्टिपोल नोन्थाका अनुसार केही स्थानीय उनको मन्दिर गए र उनलाई दया भाव देखाउँदै विभिन्न दान दिन थाले । – बीबीसी

तपाईको प्रतिक्रिया

trusted online casino malaysia