१२ सुनसरी, इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयले छापामारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताको विषयमा परेको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान गरि रहेको आयोगले प्रतिष्ठानमा निर्माण गर्न लागेको क्यान्सर तथा मुटु उपचार सम्वन्धी भवनका लागि परार्मशदाता नियुक्ती तथा एमआरआई मेशीन खरिद प्रकृयामा करोडौको आर्थिक चलखेल भएको भन्दै परेको उजुरीको विषयमा अख्तियार कार्यालयका प्रहरी नायब निरिक्षक रमेश बस्नेत नेतृत्वको टोलीले छापा मारेको हो ।
झण्डै चार अर्व रुपैैयाको लागतमा क्यान्सर तथा मुटु उपचार भवन निर्माण कार्यका लागि परामर्शदाता नियुक्ती गर्दा विगतमा निर्माण लागतको डेढ प्रतिशतमा प्रतिष्ठानमै काम गर्दै आएको केज कन्सल्टेन्सीलाई अहिले ३ दशमलव ५ प्रतिशत दिने गरी परामर्शदाता नियुक्ती गरी सम्झौता गरिएको भन्दै छानवीनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । प्रतिष्ठानले एमआरआई मेशीन खरिद प्रकृयामा समेत ठुलै आर्थिक चलखेल गरिएको अतिख्यारमा परेको उजुरीमा उल्लेख छ । एमआरआई मेशिन खरिद सम्वन्धी बोलपत्र आह्वान गरिएपनि फिलिप्स कम्पनीको मात्र टेण्डर परेको भन्दै १२ करोड रुपौयामा पाइने १ दशमलव ५ टोस्ला मेशीनलाई १६ करोडमा खरिद गर्ने गरि प्रकृया अघि वढाएको विषयमा अख्तियारले चासो देखाएका हो ।
अख्तियारको पुर्वाञ्चल क्षेत्रीय प्रमुख प्रेम भट्टराईले प्रतिष्ठानमा भौतिक पुर्वाधार निर्माण उपकरण खरिद लगायत विविध आर्थिक अनियमितता विषयमा केन्द«ले समेत अनुसन्धान गरिरहेको भए पनि क्षेत्रीय कार्यालयले यस्को सुक्षम अनुसन्धानगरि सत्यतत्थ्य बाहिर ल्याउने बताए ।
प्रतिष्ठानका सहायक रजिष्ट्रार अमित श्रिवास्तवले अख्तियाबाट आएको टोलीले मागेका हरेक कागजात प्रतिष्ठानले देखाएको र उहाँहरुले आवश्यक कागजात लिएर गएको बताए । नेपालकै ठुलो अस्पताल मध्येको एक बिपीमा लामो समयदेखि भएको चलखेलको बिषयलाई लिएर कर्मचारी, सेवाग्राहिहरु चितिन्त बनेका छन् ।








