१२ साउन, इनरुवा । सप्तकोशीमा उच्चबाँध वनाउनु नेपाल भारत दुवै देशको हितमा नहुने जानकारीहरुले वताएका छन । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका सहभागि जलस्रोतका क्षेत्रका जानकारहरुले उच्चबाँध दुवै देशको हितमा नहुने वताएका हुन ।
जलस्रोतका जानकार गोपाल कोइरालाले कोशीमा पहाडि क्षेत्रमा बाँध वाँध्दा नेपाल तर्फ पहाडि क्षेत्रका ७५ हजार परिवार विस्थापीत हुने त्यसै गरी भारतीय क्षेत्रमा समेत असर पुग्ने वताएका हुन । उनले पहाडि क्षेत्रमा डुवान हुने र तराई क्षेत्रमा सुख्खा हुने भएका कारण नेपाल भारत दुवै देशको हित उच्चवाँध नरहेको प्रस्ट्याएका हुन ।
पुर्व भुआर्जन अधिकृत समेत रहेका कोइरालाले उच्चवाँध नेपाल र भारत दुवै देशका हितमा नभएको आफुले भन्दै आएको र उच्चबाँध निर्माणका विषयमा कुनै पनि सम्झौता समेत नभएको बताए । सोही कार्यक्रममा अन्तराष्ट्रिय कानुनका जानकार दिनेश त्रिपाठीले तटीय क्षेत्रमा रहेका सवै देशहरुले साझा रुपमा फाइदा लिनु पर्नेमा जोड दिए ।
लामो समय देखि कोशी उच्चवाँध निर्माणलाई भारतीय पक्षले डिपिआर तयार पार्नका लागि अध्ययन अनुसन्धान गर्दै आएको छ । कोशी उच्चबाँधकै लागि उदयपुरको मैनामैनी र धनकुटाको आहाले क्षेत्रमा डेढ किलोमिटर फराकिलो बाँध निर्माण गर्ने गरि राणाकाल देखिनै भारतले डिपिर तयारका लागि काम गर्दै आएको समेत जानकारहरु वताउछन ।









