इनरुवा/ विभिन्न ब्राण्डका मदिरा सहित सीमा क्षेत्रबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । स्कारपियो गाडीमा लोड गरिएका विभिन्न ब्राण्डका १९ सय ३७ लिटर मदिरा सहित भारत सुपौलका मञ्जित कुमार यादव देवानगञ्ज ५ स्थित दशगजा क्षेत्रबाट पक्राउ परेका हुन् ।
द्यच्ज्ञज्ञज्घद्धछढ नम्वरको स्कारपियोमा रहेका अन्य दुई भारतीय नागरिक राजु सुढी र रञ्जित सुतियार भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ ।

भारतीय बजारमा मदिरा सेवन तथा विक्रि वितरणमा प्रतिवन्ध रहेकाले मदिरा सेवनकालागि भारतीय नागरिकहरुहरु नेपाली भूमिमा आउने गरेका छन् । उनिहरुले अवैध तवरले दशगजाको बाटो हुँदै मदिरा समेत लैजाने गरेका छन् । सीमा सुरक्षामा शशस्त्र प्रहरी बल खटिएको भएपनि यदाकदा प्रहरीले संचालनमा ल्याउने विशेष चेकजाँचका क्रममा मात्र त्यस्ता गतिविधी नियन्त्रणमा आउने वा सार्वजनिक हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia