इनरुवा साउन २१/सुनसरीको भोक्राहामा रहेको जामिया इस्लामियाले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सामूहिक सम्मान गरेको छ ।
जामिया इस्लामियाले भोक्राहा सहित कोशी र हरिनगरा गाउँपालिकाका साथै इनरुवा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।संस्थाले प्रमुख तथा उपप्रमुख सहित अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहितका सबै पदाधिकारीकालागि सामूहिक सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा उपस्थित निर्वाचित जनप्रतिनिधीहरुलाई सांसद जाकिर हुसेन, संस्थाका अध्यक्ष हाजि अलाउद्दीन मन्सुरी लगायतकाले सम्मान गरेका थिए ।आपसी भाईचारा सहित एकआपसमा साथ र सहयोगको अपरिहार्यतालाई मनन गरी स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको संस्थाका सहसचिव सज्जाद आलमले बताए ।सचिव मौलाना अकरम अलि मदनीका अनुसार भोक्राहामा १ सय ३० जना अनाथ र विपन्न गरी ५ सय ५० बढी मुस्लिम विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा जामियाका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुसामु शिक्षक दरवन्दी, भौतिक पूर्वाधार तथा पाठ्य सामाग्री जस्ता सवालमा सहयोगको अपेक्षा सहित पहल गरिदिन आग्रह गरिएको जामिया इस्लामिया भोक्राहाका सदस्य असफाक आलम अन्सारीले जानकारी दिए ।
कार्यक्रममा मुस्लिम अगुवा, अभिभावक तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । जनप्रतिनिधीहरुले सम्बोधनका क्रममा सक्दो साथ र सहयोगको प्रतिवद्धता जनाएका थिए । कार्यक्रम अमजद हुसेन फलाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia