२२ साउन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको मालपोत कार्यालय सुनसरीमा कामका लागि आउने सेवाग्राहीहरु लेखापढी व्यवसायीहरुको भर पर्नु पर्ने बाध्यता रहेको छ ।

कामका लागि आउने सेवाग्राहीहरु आफु मात्र काम गराउन आउदा सहजरुपमा सेवानपाउने भएको कारण लेखापढी व्यवसायीहरुको भरपर्नु पर्ने गरेको गुनासो गर्दछन । मालपोत कार्यालयमा काममा आउने सेवाग्राहहरुले आफनो काम आफै गर्न सकिने अवस्था नरहेको वताइ रहदा लेखापढी व्यवसायीहरुले भने कार्यालयका कागजात आफु खुशी वाहिर ल्याएर चलाउने गरेको देखिन्छ ।

कार्यालयमा कर्मचारीहरुको कार्य कक्षमै बसेर लेखापढी व्यवसायीहरुले कागजात निकाल्ने जस्ता काम गरेको देखिन्छ । कार्यालयको ठढ्डा बाहिर ल्याएर चलाउदै गरेका एक लेखापढी व्यवसायीलाई हामीले सोध्दा आफुहरुले चलाउन नपाउने भएपनि सेवाग्राहीलाई सहयोग पुर्याउन हेरी दिएको वताए । त्यस विषयमा नजिकै रहेका कर्मचारीलाई सोध्दा आफु कम्प्युटर चलाइ रहेकाले थाहा नभएको प्रतिक्रिया दिए । यता कामका लागि आएका सेवाग्राहीहरु लेखापढी व्यवसायीको सहयोग नलिई काम गर्न नसकिने वताउछन।सुनसरीमा धरानका लागि मालपोत कार्यालय धरान रहेको छ भने धरान वाहेकका सेवाग्राहीका लागि सेवा पुर्याउने गरी इनरुवामा रहेको मालपोत कार्यालय सुनसरीमा कामकाज हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia