काठमाडौं । असोज २ गते हुने स्थानीय तहको चुनावमा भाग लिन राष्ट्रिय जनता पार्टी नेपालमाथि दबाब परेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा चार दिनसम्म चलेको पदाधिकारी बैठकपछि आइतबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावमा भाग लिनुपर्ने दबाब परेको हो ।

बैठकको उद्घाटन सत्रमा हुँदै पार्टीका संयोजक महन्थ ठाकुरले सरकारले गरेको सहमतिअनुसार कुनै पनि माग पूरा नगरेकाले चुनावमा जान नहुने धारणा राख्नुभयो । ‘चुनावमा भाग लिने कतिपय थुनामा छन्, अनि राजपा नेपाल कसरी चुनावमा जान्छ ?’ उहाँले प्रश्न गर्नुभयो । तर सोही दलका सह–अध्यक्ष हृदयश त्रिपाठीले प्रदेश – २ मा हुन गइरहेको स्थानीय तहको चुनावमा भाग लिन सुझाव दिनुभएको छ ।

चुनावको बहिष्कार तथा बिथोल्ने कार्यक्रम प्रभावकारी नहुने देखिएकाले चुनावमा भाग लिन सुझाव दिँदै उहाँले चुनावमा भाग नलिने हो भने चुनाव नै हुन नदिने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।पार्टी गठन भएदेखि असन्तुष्ट रहनुभएका त्रिपाठीले पार्टीका अधिकांश बैठकमा अनुपस्थित रहँदै आउनुभएको थियो ।  आइतबारको बैठकमा आफ्नो कुरा राख्न उहाँ जानुभएको थियो ।

प्रदेश नम्बर १, ५ र ७ मा चुनाव हुँदा राजपा नेपालले न बहिष्कार न चुनावजस्तो भयो भन्दै त्यसैले असोज २ मा पनि त्यही अवस्था हुन्छ’, उहाँले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘बहिष्कार गर्न नसक्नुभन्दा चुनावमा भाग लिनु नै राम्रो हो ।’ ‘प्रदेश नम्बर ५ र ७ नम्बरमा राजपा नेपालले गरेको कार्यक्रम राज्यले बिथोलेपछि त्यहाँका जनता निराश छन् ।  अब चुनाव बहिष्कार गर्ने होइन चुनावमा भाग लिनुपर्छ’, त्रिपाठीले स्पष्ट गर्नुभयो ।

अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि चुनावमा भाग लिन सुझाव दिनुभयो ।  राजपा नेपाल अहिले यस्तो अवस्थामा पुगेको छ कि चुनावमा भाग लिँदा पनि राम्रो, नलिँदा पनि राम्रो, त्यसैले साउन २४ गतेभन्दा पहिले नै पार्टीले चुनावको विषयमा के गर्ने विषयमा टुङ्गो लगाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले चुनाव रोक्न सकिएन भने बहिष्कार गर्नुको कुनै अर्थ रहँदैन र चुनाव रोक्ने क्षमता छैन भने चुनावमा जाँदा नै राम्रो हुन्छ भन्नुभयो ।राजपा नेपालमा अध्यक्ष मण्डल नै सर्वसत्तावादी भएको छ, अरू पदाधिकारीहरूको कुनै भूमिका नै नरहको उल्लेख गर्दै उहाँहरूले यस विधानले कुनै पनि हालतमा पार्टीअगाडि बढ्न नसक्ने धारणा राख्नुभएको थियो ।

पार्टीका अध्यक्ष मण्डलको क्रियाकलापका कारण पार्टीका कार्यकर्ताहरू निराश रहेको बताउँदै उहाँहरूले एकीकरणपछि जति उत्साह थियो, त्यति अहिले नरहेको टिप्पणी गर्नुभयो । उहाँहरू असन्तुष्टिपछि अध्यक्ष मण्डलका सदस्यहरूले धारणा राख्नुभएको थियो ।  अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र राजकिशोर यादवले पार्टीको विधान अपूरो रहेको स्वीकार गर्दै त्यसलाई सबैको सल्लाह र सुझावमा व्यापक संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हतारमा पार्टी दर्ता गराउनु थियो त्यही भएर यस्तो विधान आएको स्वीकार गर्दै अध्यक्ष मण्डलका सदस्य यादवले यसलाई पुर्नलेखन नै गर्नुपरे गर्ने धारणा राख्नुभएको थियो ।  तर, यथास्थितिमा राजपा नेपाल चुनावमा नजाने धारणा राख्नुभएको थियो । बैठक मङ्गलबारसम्म चल्नेछ ।  राजपा नेपालको केन्द्रीय कार्यसमिति ८१५ जनाको छ ।अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia