मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मौका आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ। आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। आजको आम्दानी र सञ्चित रकम साँझतिर खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। साँझदेखि जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। अरूका लागि उपयोग भइने सम्भावना छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझदेखि काममा बाधा र स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। साझेदार तथा आफन्तसँग असमझदारी बढ्न सक्छ। रमाइलो क्षणमा समेत व्यावहारिक समस्याले पछ्याइरहला। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझतिर बुद्धिको उपयोगले मात्र अप्ठ्यारा परिस्थिति सुल्झाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। साँझदेखि गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। साँझदेखि घरेलु समस्या देखा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अरूको विषयमा चासो राख्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। लेखन तथा सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सोखले खर्च बढाउन सक्छ। तापनि मिहिनेत गर्दा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। साँझदेखि आफ्नो बोली-व्यवहारमा कमजोरी फेला पर्न सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। साँझदेखि साइनो गाँस्नेहरूले अप्ठ्यारो पार्न सक्छन्। भेटघाटले अलमल्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यापार बढ्नेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। साँझदेखि आम्दानीमा कमी आउनाले सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। टाढाका साथीभाइ नजिकिनेछन् र लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।-नेपालि पात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia