अमर काफ्ले इनरुवा /घटना सोमवार दिउँसोको हो । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सुनसरीको  इनरुवा सडक खण्डमा निजि कारको ठक्करले एक पैदल यात्रुको ज्यान गएको थियो । को १ च ९४३२ नम्वरको कारको ठक्करबाट पैदल यात्री सुनसरी भुटाहाका ७० वर्षिय जालिम मियाँको ज्यान गएको भनि प्रहरीले विवरण उपलब्ध गरायो । त्यसपछि सम्पर्कमा आए एक व्यक्ति । जसले बाबु आफ्नो भएको भनि दावी गरे । प्रहरीले सनाखत लगायतका प्रकृया अघि बढायो । जब उनले बाबुको लाश बुझ्न लाग्दै थिए । तब उनी एक्कासी झस्किए ।

शव बुझ्न अस्पताल पुगेका मृतकको छोरो दावी गर्ने व्यक्ति जसको मोबाइलमा फोनको घण्टी बज्छ । घरबाट आएको फोनमा कुराकानीको क्रममा थाहा हुन्छ । मृतक भनिएका बाबु जिउँदै छन् । त्यो पनि घरमै । प्रहरीले घटना मुचुल्का देखि सनाखत समेत सकिसकेको हुन्छ । छोरो बताउने व्यक्तिले लाश बुझ्नै लाग्दा आफ्नो बाबु हैन रहेछ भनि पछि हट्दा प्रहरी समेत फ्लाँट देखिन्छ ।

घटनाको विषयमा प्रहरी अझैपनि उल्झनमै छ । किनकी सनाखत गरिएको व्यक्तिको  शव इनरुवा अस्पतालमा यतिवेला वेवारिसे बनेको छ । मृतकको पहिचान खुल्न सकेको छैन् । प्रहरी मृतकको पहिचान खोज्न लागिपरेको छ । प्रहरीसँग आफुलाई छोरो बताउदैं शव सनाखत गर्ने व्यक्तिको नामपता समेत थाहा छैन् । बाबु भनि दावी गर्ने व्यक्ति मृतक आफ्नो बाबु हैन रहेछ भन्दै पछि हटेपछि
लापता भए जसले प्रहरीलाई थप टेन्सन थपिएको छ ।

वेवारिसे शवको पहिचानमा कठिनाई भैरहेको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी प्रविण धितालले बताउनुभयो । छोरो हुँ भनि दावी गरी सनाखत गर्ने व्यक्तिको समेत स्पष्ट विवरण प्रहरी समक्ष छैन् । प्रहरीको अनुसन्धानको क्रममा छोरो भनि दावि गर्ने व्यक्ति मानसिक सन्तुलन गुमाएको भन्ने बुझिन आएको छ । यद्यपी उनको समेत परिचय र पहिचान खुल्न सकेको छैन् । मृत व्यक्ति आफ्नो बाबु जालिम मियाँ भएको भनि छोरो बताउने व्यक्तिको दावी अनुसार प्रहरीले सनाखत लगायतका प्रकृया अघि बढाएको थियो । पछि सनाखत गरी शव बुझ्नै लाग्दा अर्कै व्यक्ति भएको खुलेपछि कार दुर्घटनाका मृतकको शव यतिबेला बेवारिसे बनेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia