नयाँ दिल्ली । भारतका प्रमुख उद्योगपतिमध्ये एक मानिने विजयपत सिंघानिया बेघर भएका छन् । प्रख्यात व्यापारिक समूह ‘रेमन्ड’ का पूर्वमालिक विजयपत अहिले भाडाको घरमा बस्दै आएका छन् ।भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नो छोराको नाममा सारा सम्पत्तिको स्वामित्व सुम्पिएपछि सामान्य जीवन बिताउन बाध्य हुनु परेको हो । कुनैबेला महँगो कार चढेर हिँड्ने उनी अचेल पैदल गल्ली गल्ली हिँड्न बाध्य हुनु परेको छ ।

रेमन्ड समूहसहित विजयपत सिंहानियाको सम्पूर्ण सम्पत्ति उनका छोरा गौतमको नाममा छ । केही अघि विजयपतले नै गौतमको नाममा सम्पूर्ण सम्पत्ति पास गरिदिएका हुन् । तर गौतमले पिताका लागि खर्चको प्रवन्धसमेत गर्न छोडेपछि पारिवारिक विवाद सार्वजनिक भएको हो ।

विजयपतका वकिलले गौतमविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । विजयपतका साथ रहेको मोटर र चालकसमेत उनका छोरा गौतमले खोसेपछि विजयपतको दैनिक जीवन निकै कष्टकर भएको बताइएको छ । उनका लागि घर खर्चको प्रवन्धसमेत छोराले गरेका छैनन् ।हाल विजयपतले दक्षिण मुम्बईको ग्रेण्ड पराडी सोशाइटीमा एउटा घर भाडामा लिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia