
२६ साउन, इनरुवा । भारि बर्षाका कारण सुनसरीको जनजिवन निकै नै कष्टकर हुदै गइरहेको छ। भोक्राहा गाउँपालिकाका स्थानियबासिहरुको घर आंगनमा बाढीको पानी पस्दा दर्जनौं परिवारको घर डुवानमा परेको छ ।
साविक नरसिंह र भोक्राहाका अधिकांश घरहरु डुवनमा परेको छ तथा अविरल वर्षाले खेती योग्य जमिनमा लगाइएको बालीनाली समेत डुवानमा परेको छ। डुवानमा परेका घरपरिवारका सदस्यहरु छिमेकीको घरमा बसोबास गर्न बाध्य भएका छन। साविक भोक्राहा वार्ड नं. १ का सदानन्द मेहता लगायत केही स्थानियहरुको घर डुवानमा परेका कारण अर्काको घरमा सहारा लिई बसेको भोक्राहाका स्थानिय सुरेन्द्र मेहताले बताए । स्थानि मेहताले बताए अनुसार साविक भोक्राहा गाविसका १, २, ४, ५, ६ र ७ वडाहरुमा अबिरल बर्षाले नै गर्दा बाढी आएको हो।


त्यस्तै साविक नरसिंहका ३, ४, ५, ६, ७ र ८ नम्बरका वडाहरुमा बसोबास गरीरहेका गरीव परिवारहरु मुसहर, खत्वे, डोम, चमार, यादव, मेहता, मण्डल, मलाहा, मुस्लिम लगायतका दर्जनौ घर डुवानमा परेको छ। डुवानमा पर्नुको मुख्य कारण भने कृषि बाटोको नाक्सा भएपनि लामो समय दखी कृषि बाटो निर्माण नहुनु, पानीको उचित निकाशी नहुनु, नालाको उचित व्यवस्था नहुनु लगायतका समस्याले गर्दा भोक्राहाका स्थानियहरु अहिले पिडित बनेका हुन। डुवानबाट पिडित परिवारहरुले स्थानिय प्रशासनबाट अल्पकालिन राहत भन्दा पनि दिर्घकालिन राहतको अपेक्षा गरेका छन।









