अमर काफ्ले – फोटो फिचर / सुनसरी खोलाको पानी गाउँ पसेको छ । खोलाको पानी साविकको नरसिंह १ चाइनिज फ्याक्ट्री छेउबाट कटान गरी वस्तीमा पसेको छ ।
खोला गाउँ छिरेपछि सो क्षेत्रका सर्वसाधारण सुरक्षित स्थानको खोजीमा अन्यत्र सर्ने क्रम जारी छ ।
एक हजार बढी घर डुबानमा परेका छन् । नरसिंह,जल्पापुर,बबिया सहित दक्षिणी भेगका अधिकांश भुभाग जलमग्न बनेको छ । उद्यारकार्यमा कठिनाई भैरहेको छ ।
डुबान पीडितहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका अधिकांश स्थानहरु डुबानमा परेको छ । दक्षिणी क्षेत्रको सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ । सबै भुभाग जलमग्न भएपछि उद्यार कार्यमा कठिनाई भैरहेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीका अधिकांश भेग डुबानको चपेटमा परेको छ । पुर्वपश्चिम राजमार्गको लविपुर खण्डमा १ सय मिटर सडक पानीले बगाउँदा सवारीका साधन संचालनमा समेत अवरोध पुगेको छ । बाढीपहिरोका कारण देशभर २३ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia