३२ साउन, इटहरी। वाढी तथा डुवानका कारण विस्थापित भएका सुनसरीको दक्षिणी भारतीय सिमावर्ती हरिनगरा, वसन्तपुर, भुटाहा क्षेत्रका वाढी पिडितहरुलाई नेपाली सेना तथा स्थानीय दैवी प्रकोप उद्धार समितिले प्रारम्भीक राहत वितरण गरिएको छ ।
शुक्रवार देखिको लगातारको वर्षाका कारण आएको बाढीले विस्थापीत बनाएका हरिनगरा तथा आसपासका तीन सय दुई परिवारलाई स्थानीय प्रशासन र सेनाको अग्रसरतामा राहत वितरण गरिएको हो । बाढीवाट विस्थापीत भएका त्यस क्षेत्रका केही सर्वसाधारणहरु अस्थायी शिवीर बनाएर भारतीय भुमिमा बस्दै आएका छन् ।
उनीहरुलाइहरुलाई नेपाली सेनाको पुर्वी पृतना मुख्यालयका पृतनापति गौरव तन्डुल, सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली , हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अंसारी लगायतले राहत सामाग्री वितरण गरको थिए । विस्थापीतहरुलाई प्रारम्भीक राहतका रुपमा खाध्यान लताकपडा तथा त्रिपालहरु वितरण गरिएको हो ।









