२ भाद्र, इनरुवा। आज इनरुवा जेसिजको बैठक सम्पन्न भएकोछ। बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउने उद्देश्यले बसेको उक्त बैठकले निम्न निर्णयहरु लिएको छ:

१) डा. विशाल चन्द्र सुवेदीको संञ्योजक्तवमा बाढी प्रभावित क्षेत्रमा एक महिना सम्मका लागि प्रत्येक हफ्ताको २ दिन नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने।

२) सतिश साहको संञ्योजक्तवमा  बाढी पिडितका लागि इच्छुक नगरबासिले लता कपडा दान गर्नु परेमा इनरुवा जेसिजको कार्यालयमा दान गर्ने सुबिधा मिलाउने ।

३) कुबेर जंग थापाको संञ्योजक्तवमा नगरबासीले खाध्य सामाग्री प्रदान गर्न चाहनुहुन्छ भने इनरुवा जेसिजको कार्यालयमा प्रदान गर्न मिल्ने ब्यवस्थापन गर्ने।

४) सिर्जना साप्कोटा, अन्किता श्रेष्ठ तथा सिर्जना श्रेष्ठको संञ्योजक्तवमा नगरबासीले महिला तथा बालबालिका सम्बन्धी कुनै पनि आवश्यक सामाग्री दान गर्न इच्छुक हुनुहुन्छ भने इनरुवा जेसिजको कार्यालयमा दान गर्न मिल्ने ब्यवस्था मिलाउने ।

५) बाढी पिडितलाइ सहयोगको हेतुले आर्थिक राहत कोष खडा गरिएको छ। जस अनुरुप इच्छु दाताहरुले सानिमा बैंक को खाता न. ०१०००००२६९२०१ मा दान गर्न सक्नुहुनेछ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia