४ भाद्र, दिपेन्द्र यादव इनरुवा। पछिल्लो समय भारत बाट फैलिदै आएको कपाल काटने हल्ला सुनसरीको ग्रामिण क्षेत्रको विभिन्न स्थानमा भाइरल भएकोछ। देवानगञ्जको घटना सेलाउन नपाउदै हिजो (शनिबार) राती करिब १० बजे सुनसरीको साविक नरसिंह ३ हाल भोक्राहा गाउँपालिका ७ घर भएका रामु यादवको ३५ वर्षीय श्रीमति सुनिता देवी यादवको कपाल काटिएपछि सिंगो गाउँ आतंकीत बनेकोछ।

यादवको कपाल काटिएपछि उनी अचेत भएकी थिइन् उनलाई हिन्दु तथा मुस्लिम धर्म संग सम्बन्धित स्थानिय धामीझाक्रीले तान्त्रिक बिधि अनुरुप उपचार गरेका थिए। कपाल काटिएको विषयमा उनिलाइ सोध्दा “ कुकुर आयो र मेरो खुट्टा सुघ्दै आखाँमा पानीको फोहोरा हालेजस्तो भयो त्यसपछि म कुकुरलाई थपाउँदै बेहोस भए, अरु के भयो मलाई केही थाहा छैन”।

यो घटना नसेलाउँदै साविक नरसिंह ४ हाल भोक्राहा ५ मा बानेश्वर मेहताको २५ वर्षीय पत्नी सुनीता देवी मेहताको आज आइतबार विहान १० बजे कपाल काटिएकोछ। पुनः विहान ११:३० मा केही बेर नबित्दै नरसिंह ३ मा श्रीलाल यादवको ४५ वर्षीय श्रीमति प्रमिला देवी यादवको कपाल काटीएको थियो।

स्थानियबासिहरुले यस आतंकबाट मुक्ति पाउन विभिन्न ठाउँमा चन्दा संकलन गरेर दैविक प्रकोप हो कि भनेर  सामुहिक पुजा नै सुरु गरिएको देखिन्छ। स्थानियहरुले घटना सम्बन्धि सुनसरी प्रहरीलाई जानकारि गराएपछि प्रहरी नायव उपरीक्षक प्रविण घितालको टोली सँग इनरुवा अनलाइन र स्मार्ट सिटीका प्रतिनिधिहरु स्थलगत वस्तुस्थितिको बारेमा जानकारी प्राप्त गरेका थिए।

प्रहरीले जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत मुकुन्दराज गौतमलाई फोन गरेर डाक्टरको टोली पठाउन आग्रह गर्यो। जिल्ला जन स्वास्थ्य सुनसरीलाइ खबर गरको दुइ घण्टा पश्चात मात्र इनरुवा अस्पतालमा कार्यरत डाक्टर विशालचन्द्र सुवेदी सहितको टोली घटना स्थलमा उपस्थित भए। तर कपाल काटिएर अचेत भएका महिलाहरुको स्वास्थ्य अवस्था बुझ्न गएका स्वास्थ्यकर्मीहरुको टोलीले ब्लड प्रेसर नाप्ने यन्त्र बाहेक अरु कुनै प्राथमिक उपचार गर्ने सामान लिएर नगएपछि त्यहाँका स्थानिय जनताहरु निराश देखिएका थिए।

यसैगरी २१औ शताब्दीमा धामीझाक्रीमा विश्वाश गर्ने प्रचलन बढ्दै गएपछि हाल धामीझाक्रीमा नै विश्वाश गर्नुपर्ने बाध्यता रहेको स्थानियहरुले बताएका छन्। एता डाक्टर विशालचन्द्र सुवेदीका भनाइ अनुसार “यो कुनै पनि किसिमको दैविक प्रकोप नभैकन एक किसिमको कपाल काट्ने किराले मचाएको आतंक हो, हामिले यस किराबाट बच्ने प्रयास गर्नुपर्छ। घर वरिपरि सरसफाइ राख्ने गर्नाले यस बाट बच्न सकिन्छ।“ प्रहरी नायव उपरीक्षक प्रविण घितालका कथन अनुसार “स्थानियबासिले धामीझाक्रीमा विश्वाश गर्नु भन्दापनि कपाल काट्ने किराबाट सावधानि अपनाउनु जरुरी देखिन्छ।“

 

भिडियोकोलागि तल क्लिक गर्नुहोस:

तपाईको प्रतिक्रिया

trusted online casino malaysia