अमर काफ्ले इनरुवा । जिल्ला समन्वय समिती सुनसरीको प्रमुख र उपप्रमुख सहितका पदमा नेपाली काग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको सयुक्त गठबन्धन निर्विरोध भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले आज सूचना टाँस गर्दै सबै उमेद्वार निर्विरोध भएको घोषणा गरेको हो । आइतवार मनोनयन पत्र दर्ता गर्ने समय सीमाभित्र संयुक्त गठबन्धनका तर्फबाट मात्र उमेद्वारी परेको र दावी विरोध तथा नाम फिर्ता नभएपछि मनोनयन दर्ता गराएका सबै उमेद्वार निर्विरोध घोषणा गरिएको मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
जिसस सुनसरीको प्रमुखमा नेपाली काँग्रेसका गोपालराज भण्डारी र उपप्रमुखमा फोरम लोकतान्त्रिककी कुष्ण कुमारी विश्वकर्मा निर्विरोध चयन हुनु भएको छ । त्यसैगरी जिसस सदस्यमा नेपाली काग्रेसका चिरञ्जीवी बस्नेत, नुनु मियाँ , अहिल्या कुमारी देवी मेहता र महिला सदस्य तर्फ सीता पौडेल निर्विरोध हुनु भएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तर्फबाट सदस्यहरु ललिता सदा हरिजन, महमद नौशाद र अल्पसंख्यक सदस्य तर्फ शम्भु विश्वाश निर्विरोध हुनु भएको हो ।










