इनरुवा । इनरुवा नगरपालिकाको ८ नम्वर वडामा रहेको मुसहरी टोलका ३१ परिवारलाई प्लान इन्टरनेशनल विराटनगरको सहयोगमा राहत सामाग्री वितरण गरिएको छ ।
बाढीका कारण विस्थापित ॠषिदेव परिवारलाई त्रिपाल , झुल , कम्वल , सहितका लत्ताकपडा र भाडाँहरु वितरण गरिएको थियो । बाढीका कारण विस्थापित भएकाहरु अझै त्रिपालमुनी बस्दै आएका छन् । बाढीले कतिपयको घर भत्काएको तथा कतिपयको घरमा अहिले पनि पानी जमिरहेका कारण पालमुनी बस्दै आएका छन । विस्थापितहरुलाई इनरुवा ८ का वडाध्यक्ष रविन्द्र मण्डल र प्लानका विराटनगर प्रमुख कालमान राईले राहत सामाग्री वितरण गर्नु भएको थियो ।








