इनरुवा भाद्र ६/च्याइस ह्यूमेनिटेरियन नेपालले सुनसरीको हरिनगरा गाउँपालिकामा राहत सामाग्री वितरण गरेको छ । ल्याटर डे सेन्ट च्यारिटिजको सहयोगमा च्याइस नेपालले बाढी पीडित १ सय २५ परिवारलाई राहत विरतण गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा गाउँपालिका अध्यक्ष गफार अन्सारीले पीडित परिवारलाई राहत वितरण गरेका थिए । च्याइस नेपालका निर्देशक प्रतिक शर्माको टोली राहत विरतणका लागि काठमाण्डौंबाट सुनसरीको घुस्की पुगेको थियो । राहत स्वरुप बाढी पीडित परिवारलाई खाद्यान्न सामाग्री सहित भाँडाकुडा र ओछ्याउने तथा दैनिक प्रयोगमा आउने सामाग्री वितरण गरिएको साह निर्माण सेवाका प्रोप्राइटर जयप्रकाश शाहले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia