८ भाद्र, इनरुवा। नेपाल उधोग वाणिज्य माहासंघले बुधबार सुनसरीको हरिनगरा गाउपालिकाको साविक रामनगर भुटहा मा १२० जनालाइ राहत सामाग्रि बितरण गरिएको छ। दैनिक उपभोग्य वस्तुहरु समावेस राहत सामाग्रिमा चामल २५ केजी, दाल ५ केजी, त्रिपाल, खानेतेल, गरम मसला, नुन, वाईवाई, नेविको बिस्कुट, सोयाबिन, डिटोल साबुन, लुगाधुने साबुन, पियुस, चिनी, जीवनजल, चिउरा वितरण गरिएको थियो।
उधोग वाणिज्य संघ हरिनगराको पहलमा अति विपन्न तथा बाढी पिडितहरुको यतार्थ पहिचान गरि सो राहत वितरण गरिएको हो। उधोग वाणिज्य माहासंघका पुर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकालको प्रमुख आतिथ्यमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएकोथियो। उ. वा. सं. हरिनगराका अध्यक्ष अनिरुद्र प्र. गुप्ता, ह. गा. पा. १ का वडा अध्यक्ष लतिफ अंसारी, FNCCI पुर्व उपाध्यक्ष किशोर प्रधान, FNCCI का केन्द्रिय सदस्यहरुमा अविनाश वोहरा, रोहित प्रसाई, रविन्द्र श्रेष्ठ, उ. वा. संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, ने. उ. वा. माहासंघ प्र. नं. १ का सदस्यहरु रमेश राठी, श्रवण अग्रवाल, रविन दाहाल, कैलाश पंचरिया, पंचदेव मेहता तथा फुटवेयर म्यानुफ्याचर एसोसिएसनबाट नानिराज घिमिरेको उपस्थिति थियो।















