८ भाद्र, इनरुवा अमर काफ्ले। भोक्राहा र इनरुवाका बाढी पीडितकालागि पंडित शिवप्रसाद निरौलाले एकल रुपमा राहत उपलब्ध गराउनु भएको छ। इनरुवा ३ का पंडित निरौलाले बाढी पीडित एक सय परिवारकालागि झुल, भुजा, चाउचाउ लगायतका राहत सामाग्री उपलब्ध गराएका हुन् ।


राहत सामाग्री सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली र इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई संयुक्त रुपमा जिम्मा लगाइएको थियो । बाढी पीडितकालागि विभिन्न संघसंस्था तथा सरकारी राहत प्राप्त भैरहेपनि पीडितलाई थप राहत मिलोस भनेर व्यक्तिगत सहयोग उपलब्ध गराएको पंडित शिवप्रसाद निरौलाले बताए । स्थानीय चन्द्रकुमार पोखरेलले समेत बाढी पीडितकालागि एक सय थान झुल प्रशासनलाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia