८ भाद्र, इनरुवा। वैदेशिक रोजगारीकालागि विभिन्न मूलुकमा श्रम गर्दै आएका नेपाली श्रमिकहरुको संगठन सुनसरी सृजनशिल परिवार नेपालले बाढी पीडित ७ सय परिवारलाई झुल वितरण गरेको छ ।

सुनसरी सृजनशील परिवारले जिल्लाको पश्चिम कुशाहा, भोक्राहा,नरसिंह,जल्पापुर,इनरुवा, रामधुनी नपा लगायतका प्रभावित क्षेत्रका वासिन्दालाई झुल वितरण गरेको हो । संस्थाका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, सचिव कैशाल कार्की सहित सदस्य दिलिप बस्नेत, शान्तिनगर युवा संघका हेमकुमार कार्की, प्रकाश राई सहितको उपस्थितीमा बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरिएको हो । सिर्जनशिलले विपद्मा परेकाहरुका अलावा शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार र छात्रवृद्धि जस्ता सामाजिक कार्यमा सहयोग उपलब्ध गराउँदै आएको छ ।









