११ भाद्र, सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-१ स्थित राजमार्गमा शनिबार बेलुका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
ज्यान गुमाउँनेमा को १३ प ७५४७ नम्बरको मोटरसाइकलमा सवार दुहवी तनमुन्ना बस्ने ३० बर्षिय श्रवण कुमार चौधरी रहेका छन्। चौधरी सवार उक्त मोटरसाइकल अनियन्त्रित भइ बेलुका १० बजेतिर बा ७ च २७५५ नम्बरको कारमा ठोक्किएको थियो। दुर्घटनामा गम्भिर घाइते उनको जिल्ला अस्पताल इनरुवामा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।








