१२ भाद्र, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिकाका बाढी पिडितहरुलाई संघिय समाजवादी फोरम नेपालले आफ्नो ४ दिने कार्यक्रम अन्तर्गत राहात वितरण कार्यक्रम सोमबार बाट सुरु गरेको छ ।
सोमबारबाट ससफो नेपालका नेता तथा कार्यक्रर्ताहरुले बाढीपिडितहरुका लागी खाद्यान्न सामग्री सहित लताकपडा, भाडाकुडा पिडित परिवारहरुलाई वितरण गरिरहेको ससफो नेपाल सुनसरीका जिल्ला सचिव मनोज यादवले बताउँनु भयो । जिल्ला सचिव यादवले बताए अनुसार हाल भोक्राहा गापाका ५ देखी ८ वाडा सम्मका पिडित परिवारहरुले राहातको खोजी गरीरहँदा ससफो नेपालका राष्टिय अध्यक्ष उपेन्द्र यादव र स्थानिय समाजसेवी तथा व्यापारी मनोज यादवको सहयोगमा रहात वितरण गर्न लागेको बताउँनु भयो । भोक्राहाका मुसहर, खत्वे, धानुक (मण्डल), चमार, साह, मेहता, यादव लगायतका अधिकांश बासिन्दाहरुको स्थानिय सुनसरी खोला र खेती योग्य जमिनमा जमेको पानीले पिडित बनेका थिए ।
सो राहात वितरण कार्यक्रममा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, भोक्राहा ७ का वडा सदस्य राजकुमार यादव, ससफो नेपालका जिल्ला सचिव मनोज यादव र संचारकर्मीहरुको उपस्थिती रहेको थियो।










