१४ भाद्र, इनरुवा। सुनसरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ। चोरी मुद्दामा कम कार्वाही र जरिवाना पनि कम भएकाले पछिल्लो समय चोरीको घटनामा वृद्धि भएकोे स्थानीयहरुले बताएका छन ।

जिल्लामा खुल्ला सीमाना र चोरहरुको बिगबिगी बढेकोले एकपछि अर्को चोरीको घटना हुने गरेको पाईएको छ । सुनसरीमा एक वर्षमा सानाठूला गरी १ सय ३१ वटा चोरीको घटना भएको तथ्यांक रहेको छ । जिल्लामा डाँका चोरी १२ वटा, जबरजस्ती चोरी ८ वटा, नकाबजनी चोरी ३८ वटा, रहजनी चोरी ९ वटा र साधारण चोरी ६४ वटा गरी सो संख्यामा चोरी भएको सुनसरी जिल्ला अदालतको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको सीमावर्ती बर्जु गाउपालिका, देवानगंज, हरिनगारा, भोक्राहा, कोशी गाउँपालिकाको बिभिन्न स्थानमा तथा बस्तीमा चोरीको घटना बढेको स्थानीयले गुनासो गरेका छन । यता सदरमुकाम इनरुवा, झुम्का, इटहरी र धरानमा समेत सवारी तथा मेसिन र मोटर चोरीको घटना भएकोे तथ्यांकमा देखाईएको छ । प्रहरी स्रोतका अनुसार चोरी मुद्दामा अदालतबाट कम जरिवाना र कम समय सम्म कैद तोकिएकाले चोरहरुको मनोबल बढेको हो । कडा कानूनको अभावले समेत चोरीको घटनाले बढावा पाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक शेषनाथ थान्दारले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia