१४ भाद्र, इनरुवा। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका ११ जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको टोलीले कुटपिट र लुटपाट मुद्धाका ३ जना, जालसाजीमा २ जना, लेनदेनमा २ जना, गाली बेईजतीमा १ जना ज्यान मार्ने उद्योगमा १ जना, बहु-बिबाहमा १ जना र चोरीमा १ जना सहित ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबै प्रतिवादीलाई आजै सम्मानित जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।








