अमर काफ्ले इनरुवा /जननिर्वाचित पश्चात नगरप्रमुखको कार्यभार सम्हाल्दै गर्दा उनको मुहारमा बेग्लै रौनक देखिनथ्यो । जुन आजको दिनमा भेटिदैन् । उनी आफुलाई जननिर्वाचित भएरनी सेरेमोनियल सरह झैं महसुस गर्न थालेका छन् । जुनकुरा उनले गाएको उडायो सपना सबै हुरी बोलको गितका पंक्तिहरुले सहजै आभाष दिलाएको अनुभुति गर्न सकिन्थ्यो ।

जनप्रतिनिधी भएर निर्वाचित हुँदा देखेका सपना सबै हुरीले उडाएछ मेयर साबको । पत्रकारसँग अन्तरसम्वादका क्रममा मेहताले आफुलाई काम गर्न नदिइएकाले सोचे अनुरुप प्रगति हासिल गर्न नसकेको बताए । साथीहरुले मेरा सपना उडाइ लगे, बहुमतको खेलमा पेण्डुलम बनाउन खोजे ।

नारायण गोपालले गाएको त्यो गित मेहताले गाए “ उडायो सपना सबै हुरीले ” । मलिन मुद्रामा पत्रकारमाझ प्रस्तुत भएका नगर प्रमुख मेहता गुनासो पोख्दै जाँदा आफुले इक्षाएका काम र निर्वाचनताका जनतामाझ गरेका वाचा पुरा गर्न नसकेको प्रति निकै खिन्न देखिन्थे । जननिर्वाचित भएपश्चात पार्टी भन्दा माथि उठेर कार्यसम्पादनलाई बढावा दिनुपर्नेमा विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुको कार्यशैलीले समस्या उत्पन्न गराएको उनले दुखेसो पोखे । उनले कुनै पार्टी भनेर किटान नगरेनी बहुमतका आधारमा भन्ने उनको शब्दले एमाले तर्फ इङ्गित गरेको प्रष्टै हुन्थ्यो । इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेको छ ।

सेरेमोनियल किंग हैन, जनताको भोटले निर्वाचित भएर आएको जननिर्वाचित प्रतिनिधी हुँ । त्यसैले अरुले चाहेजस्तो अनुगमन अधिकारी सरह भएर चुप बस्न सक्दिन । मेहताको आक्रोसपूर्ण अभिव्यक्ति थियो । भिजन,पैशा अनि दातृ निकाय ल्याउन सक्ने सार्मथ्य छ । तर मेरो सोचको कुनै कदर भएन् । इक्षा आकांक्षा स्वार्थगत भए आवाज उठाउने अधिकार छ तर बहुमतका आडमा एकल्याएर अघि बढ्न खोजे कुनै हालतमा मान्य नहुने मेहताको भनाई थियो । आवश्यक परे जनतामाझ जानेछु । असहयोग गर्ने र व्यक्तिगत स्वार्थ लाद्न खोज्नेको पर्दाफास गर्नेछु नगर प्रमुखले झँक्किदैं भने ।

इनरुवा नगरपालिका यतिवेला प्रथम नगरसभाको क्रममा छ । भोलि अर्थात भाद्र १६ गते औपचारिक कार्यक्रमकाबीच इनरुवा नगरपालिका नगर सभाले पारित गरेको नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरणको तरखरमा छ । प्रथम नगर सभाको ब्यानर टाँगिएको हलमा मेयर साबले पत्रकारहरु डाकेका थिए । पत्रकारहरुलाई सम्बोधन गर्ने क्रमबाटै सुरु भएको मेहताका असन्तुष्टि र गुनासा अनत्य सम्म चल्यो । जहाँ पत्रकारहरुले वास्तविकता वाहिर ल्याइदिउन भन्ने मेयरसाबको अभिलाषा झल्किन्थ्यो ।

नगरसभाबाट नीति, कार्यक्रम तथा बजेट पारित गर्नु पर्ने र त्यसमा एमालेको बहुमत रहेकाले आफु पायक योजना तथा कार्यक्रमहरु वडागत देखी नगरसम्म व्यक्तिगत र पार्टीगत स्वार्थ लाद्ने कार्य भैरहेको भन्ने मेहताको असन्तुष्टि थियो । जबरजस्ती गर्न खोजे जनतामाझ जाने बताउनु भएका मेयर मेहताले आफुलाई असहयोग गर्नेको हकमा आफ्नो समेत साथ र समर्थन नहुने बताए । मलाई सहयोग हुँदैन भने अरुलाई गनुपर्छ भन्ने छैन् । निर्णायक तहमा छु केही अधिकार त मेरापनि छन् । साथ र सहयोग गरी अघि बढ्न सबैमा आग्रह गरेका नगरप्रमुख मेहताले जस्तालाई त्यस्तै भनेझैं आफुलाई असहयोग गरी बहुमत दम्भ देखाउनेका हकमा सोही अनुरुप प्रस्तुत हुन बाध्य हुने संकेत गरेका थिए । मेयरले आफुखुशी कार्य योजना बनाएको र निर्णय लाद्ने प्रयास गर्ने गरेकाले असन्तुष्टि जनाउने काम मात्रै गरेको उनीहरुको भनाई छ । उनीहरुले बहुमत आफुहरुका पक्षमा भएपनि मेयरकै दम्भ हुने गरेको प्रतिकृया जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia