एजेन्सी । यदि कुनै पनि देशको राष्ट्रपति मेकअपलाई लिएर विवादमा आउँछन् भने त्यो अचम्म नै हुन्छ । त्यस्तै फ्रान्सका राष्ट्रपतिलाई पनि मेकअपकै कारण विवादमा तानिएका छन् । खबरका अनुसार एक पत्रिकाले फ्रान्सका राष्ट्रपति म्याक्रोले पछिल्लो तीन महिनामा गरेको मेकअप खर्चको रिपोर्ट दिएको छ ।
रिपोर्टमा भनिएको छ कि राष्ट्रपति म्याक्रोले ९० दिनमा २६ हजार यूरो अर्थात ३१ लाख ७२ हजारभन्दा बढी रुपैयाँ मेकअपमा खर्च गरेका छन् । उक्त रिपोर्ट प्रकाशित भएपछि म्याक्रोको सर्वत्र आलोचना भइरहेको छ । ली प्वाइन्ट पत्रिकामा छापिएको यस रिपोर्टलाई राष्ट्रपति भवनले समेत पुष्टि गरिदिएको छ ।
रिपोर्टका अनुसार इलसी प्यालेसले नाताशा एम नाम गरेकी मेकअप आर्टिस्टलाई दुई पटक रकम दिएको हो । पहिलो पटक १० हजार यूरो र दोस्रो पटक १६ हजार यूरो गरी जम्मा २६ हजार यूरो दिइएको हो ।









