इनरुवा/इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७४।०७५ कालागि ५४ करोड ६९ लाख ३१ हजार अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख राजन मेहताले प्रथम नगर सभाबाट पारित बजेट निति तथा कार्यक्रम औपचारिक कार्यक्रमकावीच सार्वजनिक गरेका हुन् ।

नगर प्रमुख मेहताले कुल बजेट मध्ये आन्तरिक आम्दानीतर्फ ३ करोड ९५ लाख ३०हजार र बाह्रय स्रोतबाट ५० करोड ७४ लाख १ हजार रकम विनियोजन गरिएको जानकारी गराए । सुनसरी जिल्ला अदालतका न्यायाधिश बद्री प्रसाद ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर प्रमुख मेहताले विनियोजित रकम स्थानीय तहमा जननिर्वाचित प्रतिनिधी मार्फत खर्च गरिने बताए । नगरपालिकाको कार्यालयले कृषि तथा पशु बिकास, पर्यटन, शिक्षा,  स्वास्थ्य, खानेपानी, संचार, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, महिला तथा बालबालिका सहित आदीवासी जनजाती लगायतको क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको जनाएको छ ।

सार्वजनिकीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, कार्यकारी अधिकृत टुबराज पोखरेल, जिसस सुनसरीका प्रमुख गोपालराज भण्डारी, उपप्रमुख कृष्णकुमारी विश्वास, वडाध्यक्ष तथा नगर प्रवक्ता कालुराम गुरुङ, रञ्जेश भट्राई, एमालेका जिल्ला सदस्य गोपिकृष्ण ढकाल, उद्योग वाणिञ्य संघ इनरुवाका अध्यक्ष पंचदेव मेहता लगायतकाले शुभकामना तथा प्रस्तुत निति तथा कार्यक्रम बारे धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia