१७ भाद्र, दिपेन्द्र यादव  इनरुवा। विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्ने उदेश्यले सुनसरीको भोक्राहा गाउँपालिकामा सामुदायीक मेलमिलाप केन्द्रको स्थाप्ना भएको छ ।


जिल्ला न्यायधिश बद्री प्रसाद ओलीको प्रमुख अथित्य तथा भोक्राहा गापाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा मेलमिलाप केन्द्रको स्थाप्ना भएको हो। सो कार्यक्रममा प्रमुख अथिती तथा जिल्ला न्यायधिश बद्री प्रसाद ओलीले भन्नुभयो भोक्राहामा स साना मुद्धाहरुको चाप दिनानुदिन बढ्दै गएपछि त्यसलाई न्युनीकरण सामुदायीक मेलमिलाप केन्द्र भोक्राहाका मेलमिलापकर्ताहरुले गर्ने बताउनु भएको छ ।
गाउँघरका झगडा सामुदायीक मेलमिलाप केन्द्रमा नमिलेपछि जिल्ला अदालतले मिलाउने बताउनुभएको हो । सो कार्यक्रममा ससफो नेपालका जिल्ला सचिव मनोज यादव, एमालेका राम कुमार मेहता लगायतका राजनीतिकर्मीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia