इनरुवा भाद्र १८/ चाडबाड नजिकिंदै गएसँगै सुनसरीमा प्रहरीले अवैध मदिरा नियन्त्रणको अभियानलाई अघि बढाएको छ । मदिरा उत्पादन तथा विक्रि वितरणलाई मध्यनजर गर्दै विशेष अप्रेसन संचालनमा ल्याइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले अवैध मदिरा (रक्सी) उत्पादन गरिने क्षेत्रहरुको विवरण संकलन गर्नुकासाथै बरामद गरी नष्ट गर्ने क्रम सुरु गरेको हो ।


प्रहरीले मदिरा नियन्त्रण अप्रेशनको सुरुवात बराहनगरपालिकाबाट गरेको छ । मधुवन लगायत क्षेत्रबाट प्रहरीले २ हजार लिटर तयारी मदिरा सहित ४ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । मदिरा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक विद्यानन्द माझीले मदिरा लगायत अवैध सरसामान सहित सम्वन्धित धनी र कारोबारी दुवैलाई नियन्त्रणमा लिई कार्वाही गर्ने गरी रणनीति तय गरि अभियान अघि बढाइएका बताए ।

यसैगरी सुनसरी प्रहरीले पछिल्लो एक महिनायता ठुलो मात्रामा भन्सार छलिका सामान समेत बरामद गरि भन्सार बुझाएको छ । खुला नाकाबाट हुने तस्करी नियन्त्रण सँगै अपराध नियन्त्रणकालागि सुनसरी प्रहरीले विशेष टास्क फोर्स समेत परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia