इनरुवा भाद्र १८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा लौकही सडक खण्डको भोक्राहा ६ मा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा ३२ जना घाइते भएका छन् । सप्तरीबाट बिराटनगर आउँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रु बस दुर्घटनामा परेको थियो । साइकल यात्रीलाई जोगाउने क्रममा यात्रु बस दुर्घटनामा परेको सुनसरी प्रहरीले जनाएको छ ।


घाइते मध्ये केही ९ जनाको जिल्ला अस्पताल इनरुवामा सामान्य अवस्थामा उपचार भएको छ । बाँकी २३ जनालाई थप उपचारकालागि न्यूरो अस्पताल बिराटनगर रेफर गरिएको प्रहरी निरीक्षक शेषकराम थन्दारले जानकारी दिए । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia