इनरुवा भाद्र १९/नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसर पारेर सुनसरीको इनरुवामा नव निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।नेपाल निजामती कर्मचारी युनियन संघ सुनसरीले सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमंत्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले जनप्रतिनिधीहरुलाई सम्मान गर्नु भयो ।
कार्यक्रममा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, जिल्ला निर्वाचन कार्यालय प्रमुख जानकी कर्ण लगायतलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले जनताको अभिमतको कदर गर्दै अघि बढ्न जनप्रतिनिधीहरुलाई सुझाव दिनु भयो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia