इनरुवा भाद्र १९/सुनसरीको हरिनगरा गाउँपालिकामा इद मिलन कार्यक्रमको आयोजना गरिएको छ । रामनगर भुटाहामा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालले इद मिलन कार्यक्रमको आयोजना गरेको हो ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रम सोसाइटीका अध्यक्ष मौलाना फिरोज आलमको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सोसाइटीका महासचिव डा.खुर्शिद आलम सहित मौलाना तथा स्थानीय अगुवाहरुले आआफ्नो धारणा राखेका थिए । सहभागिहरुले एकआपसमा शुभकामना आदान प्रदान समते गरेका थिए । भाइचारा र आपसी सद्भावकालागि इद मिलन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।








