इनरुवा भाद्र २३/समस्या र चुनौति पहिचान भएपनि बललिँदो परिवेशसँगै सिर्जित हुँदै जाने समस्या महिला न्याय र पहुँचको सवालमा बाधक बन्ने गरेको सरोकारवालाहरुको भनाई छ । विपन्न र सिमान्तकृत समूदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धिकालागि चालिएका प्रयासले समूदायमा सकारात्म सन्देश प्रवाह भई महिलाको पहुँच सुनिश्चत उन्मूख देखिएपनि थपिँदा नयाँ चुनौतिका कारण कार्यान्वयन भने कठिन बन्दै गएको सरोकारावालाहरुले ठम्याएका हुन् ।

साझा सवालकालागि साझा मंच कोकनले इनरुवामा आयोजना गरेको समुदाय प्रहरी सम्वाद् कार्यक्रमका सहभागिहरुले समूदायमा हावी बन्दो राजनैतिक दबाब, डर र त्रास जस्ता कारण विपन्न र सिमान्तकृत समुदाय विशेष गरी महिलाको न्यायमा पहुँच कठिन बन्दै गएको धारणा राखेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझीले समुदाय प्रहरी कार्यक्रम सिमान्तकृत समुदायकालागि मात्र नभएर न्याय र सुरक्षामा सबैको समान पहुँच अभिवृद्धिका लागि सकारात्मक र प्रभावकारी रहेको बताए ।
एसपी माझीले पहुँच अभिवृद्धिकालागि सुनसरी प्रहरी हातेमालो गरी सदैव अघि बढ्ने बताए । कार्यक्रममा कोकन क्षेत्रीय संयोजक मञ्जिता उपाध्यायले विपन्न र सिमान्तकृत समूदायको न्याय र सुरक्षामा पहुँचका सन्दर्भमा भैरहेका कार्यहरु सकारात्मक र प्रभावकारी रहेको बताइन् । उनले थपिंदा समस्या र चुनौतिलाई आत्मसाथ गर्दै विगतका सिकाईका आधारमा थप प्रभावकारी कार्यक्रम समुदाय केन्द्रित गरी संचालनमा ल्याइने बताइन् ।








