इनरुवा लायन्स क्लब अफ धरानले बाढी पीडित परिवारकालागि राहत सामाग्री उपलब्ध गराइएको छ । सुनसरी सृजनशिल परिवारको सहकार्यमा इनरुवा ३ मा रहेको मुसहर वस्ती र इनरुवा ८ का बाढी पीडित १ सय ६० घरधुरीलाई राहत उपलब्ध गराइएको हो ।
शान्तिदीप नेपालका अध्यक्ष सुवास राईको संयोजकत्वमा रहेको टोलीले राहत वितरण गरेको थियो । पीडित परिवारलाई बाल्टिन,झुल,थाल,जग,गिलास जस्ता सामाग्री राहत स्वरुप वितरण गरिएको शान्तिदीप नेपालका सचिव सुनिल चौलागाई (चक्र)ले जानकारी दिए । सो कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लबका धिरज गुरुङ्ग रहेका थिए भने लायन्सकी रेखा गुरुङ्ग र खेलकुद महासंघका नगर अध्यक्ष विप्लव घोष लगायतको उपस्थितीमा राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो।











